+

मछिन्द्रको प्रशिक्षकमा किशोर केसी नियुक्त

२०७९ चैत  २६ गते १६:३९ २०७९ चैत २६ गते १६:३९
मछिन्द्रको प्रशिक्षकमा किशोर केसी नियुक्त

२६ चैत, काठमाडौं । ए डिभिजन लिगको डिफेन्डिङ च्याम्पियन मछिन्द्र क्लबको प्रशिक्षकमा किशोर केसी नियुक्त भएका छन् ।

मछिन्द्र क्लबका पूर्व प्रशिक्षक प्रवेश कटुवाल राष्ट्रिय टिमको सहायक प्रशिक्षकको रुपमा रहेपछि मछिन्द्र क्लब प्रमुख प्रशिक्षक बिहीन थियो । प्रमुुख प्रशिक्षक नहुँदा टिमका सहायक प्रशिक्ष सन्तोष न्यौपानेले टिमलाई सम्हालिरहेका थिए ।

टिमका म्यानेजर अनिल श्रेष्ठले टिमका पूर्व प्रशिक्षक प्रवेश कटुवाल लिगमा नफकर्ने भएकाले नयाँ प्रशिक्षक नियुक्त गरेको बताएका छन् ।

उनले भने, ‘प्रवेश सर लिगमा नफकर्ने भएकाले हामीले किशोर सरलाई नियुक्त गरेका हौं । उहाँको आज नै क्लबमा नियुक्ति भएको हो ।’

केसीले चाहेको खण्डमा अर्को सिजन पनि मछिन्द्रले केसीसँग नै सहकार्य गर्ने श्रेष्ठले बताए । केसीले भने अघिल्लो सिजन लावलाखेल युथ क्लबको प्रशिक्षकको रुपमा कार्य गरेका थिए ।

यो सिजनमा कुनै क्लबसँग आवद्ध नभएका कारण उनले आज दशरथ रंगशालमा भएको मछिन्द्र र संकटा बिचको खेलमा टचलाइनमा रहेर जिम्मेवारी सम्हालेका हुन् ।

किशोर केसी मछिन्द्र एफसी शहीद स्मारक लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय