
२६ चैत, काठमाडौं । प्रहरीको साइबर ब्यूरोले फेसबुकमार्फत साथी बनाई डिजिटल ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पर्वतको मोदी गाउँपालिका-२ बस्ने २६ वर्षीय विश्व शर्मा रहेका छन् ।
पक्राउ परेका उनीमाथि सामाजिक सञ्जालको दुरूपयोग गरी भएको ठगी अन्तर्गतको कसूरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप भई आवश्यक अनुसन्धान भइरहेको छ ।
उनले पीडितलाई विभिन्न बहाना बनाइ फरक-फरक बैंक तथा डिजिटल वालेटबाट ६० लाख रुपैयाँ ठगी गरेको प्रहरीको आरोप छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4