
२६ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार ट्रेजरी बिल मार्फत सरकारको ६ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । केन्द्रीय बैकले सोमबार कुल २२ अर्ब ४६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्न लागेको छ । जसमध्ये ६ अर्ब रुपैयाँ बरारबको नयाँ र १६ अर्ब ४६ करोड रुपैयाँ बराबरको नवीकरणका लागि बोलकबोल हुने केन्द्रीय बैंकले जनाएको छ ।
१८२ दिन अवधिको ट्रेजरी बिल मार्फत ६ अर्ब रुपैयाँ नयाँ ऋण परिचालन हुने केन्द्रीय बैंकले जनाएको छ । यस्तै २८ दिन अवधिको ट्रेजरी बिल मार्फत ३ अर्ब रुपैयाँ, ९१ दिन अवधिको ट्रेजरी बिल मार्फत ८ अर्ब रुपैयाँ र १८२ दिन अवधिको ट्रेजरी बिल मार्फत ४६ करोड रुपैयाँ बराबरको आन्तरिक ऋण नवीकरणका लागि बोलकबोल गर्न लागिएको राष्ट्र बैंक जनाएको छ ।
यस्तै ३६४ दिन अवधिको ट्रेजरी बिल मार्फत ५ अर्बको ट्रेजरी बिल बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । ट्रेजरी बिल एक वर्ष वा एक वर्षन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । ट्रेजरी बिलहरू अवधिको आधारमा २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ किसिमका हुन्छन् ।
प्रतिक्रिया 4