+
+

डाबरले ल्यायो ‘रियल फिज्जन’

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २६ गते १८:१८

काठमाडौं । डाबर नेपालले कार्बोनेट सफ्ट ड्रिङ्क सेग्मेन्टमा नयाँ कार्बोनेट पेय पदार्थ ‘रियल फिज्जन’ बजारमा ल्याएको छ । ‘रियल फिज्जन’ एप्पल, मसाला कोला र निम्बु गरी तीनवटा स्वादहरु रहेको डाबल नेपालले जनाएको छ । जुन पेट बोतलहरुमा उपलब्ध रहेको जनाएको छ।

११.२ प्रतिशत फलफूलको जुस भरिएको रियल एप्पल फिज्जन १५० एमएल, २५० एमएल र ५०० एमएल बोतलमा क्रमशः ३०, ५० र ८० रुपयाँ पर्ने कम्पनीले जनाएको छ । जिराको मसालादार स्वाद भएको रियल मसाला कोला फिज्जनमा १०.५ प्रतिशत फलफूलको रस रहेको कम्पनीले जनाएको छ । त्यस्तै रियल निम्बु फिज्जनमा ५ प्रतिशत रिफ्रेसिङ लेमन जुस रहेको कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

रियल फिज्जन, कम्पनीले आफ्ना नेपाली उपभोक्ताहरुलाई नयाँ र फरक उत्पादनहरुले खुसी पार्ने निरन्तर प्रयासको परिणाम रहेको डाबर नेपालका व्यवसायक प्रमुख एचएस बेदीले बताए । ‘यो श्रेणी – (क्याटागोरी)मा पदार्थ बजारमा आफ्नो पकडलाई अझ व्यापक बनाउने रणनीति हो,’ उनले भने ।

पहिला उपभोक्तहरुले रिफ्रेसमेन्टको लागि कार्बोनेट सफ्ट ड्रिङ्क र फलफूलको रस नभई कृत्रिम स्वाद हुन्छ भन्ने चेतना हुदाँहुदै पनि उक्त पेय पदार्थको प्रयोग गर्ने गरेको डाबर नेपालका अतिरिक्त महाप्रबन्धकल अभय प्रसाद गोर्खालीले बताए ।

‘यसलाई ध्यानमा राखेर हामीले उपभोक्ताहरुलाई खुसी पार्नको लागि ‘रियल फिज्जन’ बजारमा ल्याएका छौ । जसले गर्दा उपभोक्तहरुले एउटै पेय पदार्थमा कार्बोनेट सफ्ट ड्रिङ्कको रिफ्रेसमेन्ट र फलफूलको गुडनेसको मजा लिन सक्छन्’ उनले भने ।

कम्पनीले रियल फिज्जनलाई ‘फ्रुट र फिजको रिफ्रेसिङ फिलिङ’ ट्यागलाइनका साथ रिफ्रेसिङ फलफूलको गुड्नेस भएको पेय पदार्थको रुपमा परिचित गरिएको छ । रियल फिज्जनलाई बजारमा ल्याउन टेलिभिजन विज्ञापन मार्फत मार्केटिङ क्याम्पेन चलाइएको कम्पनीले जनाएको छ । यसको ब्राण्ड एम्बासडरको रुपमा अभिनेत्री साम्राज्ञी आरएलशाहलाई छनोट गरिएको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?