+
+

नेपालगञ्ज विमानस्थलबाट भारतमा उडान अनुमति माग्दै पत्राचार गरिने

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २६ गते १८:२८

२६ चैत, काठमाडौं । नेपाल सरकारले नेपालगञ्ज विमानस्थलबाट भारतका विभिन्न शहरमा उडानका लागि अनुमति माग्ने निर्णय गरेको छ । सो प्रयोजनका लागि परराष्ट्र मन्त्रालयमार्फत पत्राचार गर्ने निर्णय भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले जानकारी दिए ।

नेपाल सरकारले लामो समयदेखि तराईका ठूला विमानस्थलहरुलाई क्षेत्रीय विमानस्थलका रुपमा विकास गरी भारतीय शहरमा उडानको योजना बनाइरहेको छ ।

 

तर, भारत भने यसमा सकारात्मक देखिएको छैन । त्यसो त भारतले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा विमानस्थललाई समेत सहज हुने गरी एयररुटहरु समेत दिएको छैन ।

जसले गर्दा ठूलो सम्भावना भए पनि यी विमानस्थलमा अहिले अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन । पोखराबाट बुद्ध एयरले बनारसमा उडान गर्न चाहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?