
२६ चैत, हेटौंडा । बागमती प्रदेश सरकारमा नेपाली कांग्रेसका दुईजना मन्त्रीले शपथ लिएका छन् ।
आईतवार साँझ प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिं लामाले आर्थिक मामिला तथा योजना मन्त्री र कांग्रेसकै तीर्थबहादुर लामाले खानेपानी, ऊर्जा तथा सिंचाई मन्त्रीको शपथ लिएका हुन् ।
बागमतीमा एमाले र राप्रपा सरकारबाट बाहिरिएपछि ७ वटा मन्त्रालय खाली छ । कांग्रेस नेताहरु सहभागी भएपछि पनि ५ मन्त्रालय मुख्यमन्त्री शालिकराम जम्कट्टेलसँगै छ । मुख्यमन्त्रीलाई विश्वासको मत दिएको नेकपा एकीकृत समाजवादी भने सरकारमा सहभागी छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4