२६ चैत, काठमाडौं । इन्डियन प्रिमियर लिग आईपीएलको जारी १६औं स्स्करणमा गुजरात टाइटन्सका रासिद खानले ह्याट्रिक विकेट लिएका छन् ।
घरेलु मैदान नरेन्द्र मोदी स्टेडियममा जारी कोलकता नाइट राइडर्स विरुद्धको खेलमा रासिदले १७औं ओभरमा ह्याट्रिक गरे ।
रेगुलर कप्तान हार्दिक पाण्ड्याको अनुपस्थितिमा कप्तानी गरेका रासिदले लगातार तीन बलमा विकेट लिएका हुन् ।
उनले पहिलो बलमा आन्द्रे रसेललाई केएस भरतबाट क्याचआउट गराए । यस्तै वस्रो बलमा सुनिल नारिनलाई जयन्त यादवबाट क्याचआउट गराए भने तेस्रो बलमा शार्दुल ठाकुरलाई एलबीडब्लु धरापमा पारे ।
जारी आईपीएलमा रासिद ह्याट्रिक गर्ने पहिलो बलर हुन् ।
प्रतिक्रिया 4