+

पहिलो जितपछि एनआरटीले छाड्यो रेलिगेसन जोन

२०७९ चैत  २६ गते १९:४३ २०७९ चैत २६ गते १९:४३
पहिलो जितपछि एनआरटीले छाड्यो रेलिगेसन जोन

२६ चैत, काठमाडौं । न्युरोड टिम एनआरटीले शहीद स्मारक ए डिभिजन लिग २०७९-८० मा आइतबार हिमालयन शेर्पा विरुद्ध २-१ को पुनरागमन जित हात पारेको छ ।

सिजनको पहिलो जितपछि एनआरटीले रेलिगेसन जोन छाडेको छ । एन्फा कम्प्लेक्समा भएको खेलमा एनआरटीले एक गोलले पछि परेको स्थिती उल्टाएर जित निकालेको हो ।

१४ औं मिनेटमा खमिर गिल्सनले गोल गर्दै हिमालयनलाई सुरुआती अग्रता दिलाएका थिए । पहिलो हाफमा पछि परेपनि एनआरटीले दोस्रो हाफमा दुई गोल फर्कायो ।

६७ औं मिनेटमा रोहन खड्कीले गोल गर्दै एनआरटीलाई खेलमा फर्काए ।  त्यसपछि ८९ औं मिनेटमा जेनिस प्रजापतिले गोल गर्दै एनआरटीलाई २-१ को जित दिलाए ।

जितपछि ७ खेलबाट ६ अंक जोडेको एनआरटीले अन्तिम दुई स्थान छाड्दै १२औं स्थानमा उक्लेको छ ।

एनआरटी शहीद स्मारक लिग हिमालयन शेर्पा
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

वेबस्टोरिज

6 Stories
धेरै सपना देख्नु राम्रो होइन, किन ?

धेरै सपना देख्नु राम्रो होइन, किन ?

- अनलाइनखबर २०८१ असोज १० गते १८:१६
7 Stories
तपाईं ‘हाफ नेपाली’ हो ? भन्ने प्रश्नमा अदितीको यस्तो जवाफ

तपाईं ‘हाफ नेपाली’ हो ? भन्ने प्रश्नमा अदितीको यस्तो जवाफ

- अनलाइनखबर २०८१ असोज १० गते १७:५३
3 Stories
तीन तरिका, कसरी चिन्ने शुद्ध मह ?

तीन तरिका, कसरी चिन्ने शुद्ध मह ?

- अनलाइनखबर २०८१ असोज १० गते १७:३२
5 Stories
गर्भावस्थामा शारीरिक सम्बन्ध कति सुरक्षित ?

गर्भावस्थामा शारीरिक सम्बन्ध कति सुरक्षित ?

- अनलाइनखबर २०८१ असोज १० गते १७:२४
6 Stories
मकैको च्याख्ला उत्तम कि चामल ?

मकैको च्याख्ला उत्तम कि चामल ?

- अनलाइनखबर २०८१ असोज १० गते १४:४१