+

एसीसी प्रिमियर कपका लागि ओमानको टोली घोषणा

२०७९ चैत  २६ गते १९:४८ २०७९ चैत २६ गते १९:४८
एसीसी प्रिमियर कपका लागि ओमानको टोली घोषणा

२६ चैत, काठमाडौं । यही अप्रिल १८ देखि मे १ सम्म काठमाडौंमा आयोजना हुने एसीसी प्रिमियर कपका लागि ओमानको टोली घोषणा भएको छ ।

ओमान क्रिकेट बोर्डले आइतबार जिसान मक्सुदको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो । टोलीको उपकप्तानमा अकिब इल्यास छन् ।

यस्तै कश्यप प्रजापति, जतिन्दर सिंह, सोइब खान, आयान खान, सन्दिप गौड, अदिल साफिक, मोहम्मद नदिम मोहम्मद नसिम जे ओडेरा, कलिमुल्लाह, बिलाल खान र अहमेद फयज बट छन् ।

मुख्य प्रशिक्षकमा दुलिप मेन्डिस छन् ।

प्रिमियर कपमा ओमान पाल रहेको समूह ए मा छ । यस समूहमा मलेसिया, कतार र साउदी अरेबिया पनि छन् ।

नेपाल र ओमान मात्र ओडीआई मान्यता प्राप्त टोली हुन् । नेपाल र ओमानबीच हुने खेल नेपालको ५०औं ओडीआई खेल हुनेछ ।

नेपाल र ओमनबीच पछिल्लो पटक गत जुनमा क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा खेल भएको थियो । उक्त खेलमा नेपालले ओमानलाई ७ विकेटले पराजित गरेको थियो ।

अर्को समूहमा ओडLआई मान्यता प्रपात युएईसहित हङकङ, कुवेत, सिंगापुर र बहाराइन छन् ।

दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् । प्रिमियर कपको विजेता टेष्ट राष्ट्र खेल्ने एसिया कपमा छनोट हुनेछ । यस्तै शीर्ष तीन टोली एसीसी इमर्जिङ कपमा छनोट हुनेछन् ।

एसीसी प्रिमियर कप ओमान क्रिकेट्
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय