+
+

दुई लघुबीमाले पाए लाइसेन्स, दुई कम्पनीले पाउँदै

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २७ गते १२:४७

२७ चैत, काठमाडौं । नेपाल बीमा प्राधिकरणले दुई लघु बीमा कम्पनीलाई लाइसेन्स वितरण गर्ने निर्णय गरेको छ । आइतबार बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले दुई लघुबीमा कम्पनीलाई लाइसेन्स दिने निर्णय गरेको प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बताए ।

सैद्धान्तिक सहमति पाएका गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स र नेपाल माइक्रो इन्स्योरेन्सलाई लाइसेन्स वितरण गर्ने निर्णय गरेको भएको उनले बताए ।

लघुबीमा कम्पनी सञ्चालनको सैद्धान्तिक सहमति पाएकासात कम्पनी मध्ये २ कम्पनीले मात्रै लाइसेन्स पाएका हुन् । यस्तै प्राधिकरणले सोमबार पनि थप दुई कम्पनीलाई लाइसेन्स वितरण गर्ने निर्णय भएको प्राधिकरण स्रोतले जनाएको छ ।

गार्डियन माइक्रो लाइफ, नेपाल माइक्रो इन्स्योरेनसका साथै प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सले प्राधिकरणले तोकिएको पूँजी पुर्‍याएका छन् । यी दुई कम्पनीलाई पनि सोमबार बस्ने सञ्चालक समिति बैठकले लाइसेन्स वितरण गर्ने निर्णय हुने प्राधिकरण स्रोतले जनाएको छ ।

स्टार माइक्रो इन्स्योरेन्स, ट्रष्ट माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले भने पूँजी जुटाउन नसक्दा प्राधिकरणमा आवेदन दिएका छैनन् । प्राधिकरणले पूँजी पुर्‍याउन नसकेका लघुबीमा कम्पनीहरुलाई ४५ दिन समय थप गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?