
काठमाडौं । हिमालयन बैंक लिमिटेडले काभ्रेको साँगास्थित स्पाइनल इन्जरी पुनर्स्थापना केन्द्रमा अपाङ्गतामैत्री एटीएम सञ्चालनमा ल्याएको छ ।
सबैका लागि बैंक, सबैका लागि बैंकिङ सुविधा भन्ने उद्देश्यका साथ एटीएम सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ ।
केन्द्रको २१ औं वार्षिक उत्सवको उपलक्ष्यमा बनेपा नगरपालिकाका मेयर शान्ति रत्न शाक्य, हिमालयन बैंकका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ र स्पाइनल इन्जरी पुनर्स्थापना केन्द्रका अध्यक्ष डा. शान्ता दीक्षितले एटीएमको संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर जबरा लगायत बैंक तथा उक्त संस्थाका कर्मचारीहरुको पनि उपस्थिति रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4