२७ चैत, काठमाडौं । सात वर्षपछि थ्रीस्टार फर्केका भेट्रान फरवार्ड सन्तोष साहुखल ए डिभिजन लिगमा मनाङ मर्स्याङ्दी विरुद्ध पहिलो रोजाइमा खेल्दैछन् ।
जापानमा बस्दै आएका सन्तोषले नेपाल फर्केर लिगका लागि थ्रीस्टारसँग सम्झौता गरेका थिए ।
अर्को पूर्व क्लब मनाङ विरुद्ध खेफ्लै उनले घरेलु लिगमा पुनरनगमन गर्न लागेका हुन् ।
उनले पछिल्लो पटक सन् २०१५ मा थ्रीस्टार खेलेका थिए । त्यो बेला थ्रीस्टारले राष्ट्रिय लिगको उपाधि जित्दा उनी महत्वपूर्ण सदस्य थिए ।
साहुखलले केहीदिनदेखि थ्रीस्टारसँग प्रशिक्षण गरेका थिए । साहुखल ए डिभिजन लिगमा १०० गोल गर्ने पहिलो र एक्लो खेलाडी हुन् ।
प्रतिक्रिया 4