
२७ चैत, धनगढी । कैलालीको मालाखेती अस्पतालमा सुत्केरी महिला र शिशुको मृत्यु भएपछि तनाव भएको छ ।
गोदावरी नगरपालिका–२ की ८ वर्षीया लक्ष्मी भट्टराई र शिशुको मृत्यु भएपछि आफन्तले चिकित्सकको लापरवाही भएको भन्दै प्रदर्शन गरेका हुन् ।
आफन्त र समर्थकले अत्तरियास्थित पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरे । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले पीडित पक्षले प्रदर्शन गरेपछि दिउँसो अवरुद्ध राजमार्ग अहिले खुलेको जानकारी दिए ।
तर पीडित पक्षले भने उपचारमा संलग्न चिकित्सकलाई कारवाही गर्नुपर्ने माग गर्दै सडकमा धर्ना दिइरहेको उनले बताए । आक्रोशित समूहबाट चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमण हुनसक्ने जोखिम बढेपछि सुरक्षार्थ इलाका प्रहरी कार्यालयमा राखिएको थियो ।
सूचना अधिकारी जोशीले पीडित पक्षसँग वार्ता गर्ने प्रयास जारी रहेको जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4