+

बार्सिलोना गिरोनासँग बराबरीमा रोकियो

२०७९ चैत  २८ गते ६:२० २०७९ चैत २८ गते ६:२०
बार्सिलोना गिरोनासँग बराबरीमा रोकियो

२८ चैत, काठमाडौं ।स्पानिस ला लिगाको शीर्ष स्थानमा रहेको बार्सिलोना गिरोनासँग बराबरीमा रोकिएको छ ।

सोमबार राति घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले गिरोनासँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो ।

नोउ क्याम्पमा रोवर्ट लेवान्डोस्कीले सुरुमै गोल गर्ने अवसर गुमाएका थिए । फुलहमबाट लोनमा आएका गिरोनाका गोलकिपर पाउलो गाज्जानियाले केही राम्रा बचाउ गरेका थिए ।

यस सिजन बार्सिलोनाले घरेलु मैदानमा अंक गुमाएको यो तेस्रो पटक हो ।

बराबरीपछि बार्सिलोनाले दोस्रो स्थानको रियल मड्रिडमाथि १५ अंकको अग्रता बनाउने अवसर गुमायो ।

शनिबार रियल मड्रिड भियारियालसँग ३-२ ले पराजित भएपछि बार्सिलोना फाइदा पुगेको थियो । तर जाभीको टिमले पनि गिरोनालाई हराउन सकेन ।

यद्यपि बार्सिलोना रियलभन्दा अझै १२ अंकले अघि छ ।

२८ खेलबाट बार्सिलोनाको ७२ अंक छ भने समान खेलबाट रियलको ५८ अंक छ ।

गिरोना बार्सिलोना स्पानिस ला लिगा
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय