+
+

फोनपेले ल्यायो नयाँ वर्ष उपहार योजना

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २८ गते १३:३४

काठमाडौं । नयाँ वर्ष २०८० सालको अवसरमा फोन पेले ‘फोनपे गर्ने हो, क्यूआरमा उपहार जित्ने हो’ योजना ल्याएको छ । २९ चैतदेखि ५ वैशाख २०८० सम्म देशभर लागु हुने यस योजनामा व्यवसायी तथा ग्राहकहरू सहभागी भई १ तोला सुन र स्कुटर जित्ने अवसर रहेको कम्पनीले जनाएको छ ।

योजना अवधिभित्र मोबाइल बैंकिङ एप वा वालेटबाट फोनपेको क्यूआर प्रणाली प्रयोग गरी भुक्तानी गर्ने ग्राहकहरूले ‘लक्की ड्र’मार्फत इप्लुटो ब्रान्डको विद्युतीय स्कुटर जित्न सक्नेछन् भने भुक्तानी प्राप्त गर्ने व्यवसायीले ‘लक्की ड्र’मार्फत १ तोला सुन जित्न सक्नेछन् ।

नेपालमा डिजिटल भुक्तानी प्रबर्द्धन गर्ने र प्रयोगकर्ताहरूलाई क्यूआर भुक्तानी गर्न प्रोत्साहित गर्ने उद्देश्यले यो योजना ल्याएको फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमार सापकोटाले जानकारी दिए ।

यसको लक्ष्य प्रयोगकर्ता र व्यवसायीहरूलाई समान रूपमा डिजिटल भुक्तानीको सजिलो, छिटो र सुविधाजनक माध्यम अपनाउन प्रोत्साहित गर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?