+

एसीसी प्रिमियर कपका लागि मलेसियाको टोली घोषणा

२०७९ चैत  २८ गते १४:०७ २०७९ चैत २८ गते १४:०७
एसीसी प्रिमियर कपका लागि मलेसियाको टोली घोषणा

२८ चैत, काठमाडौं । अप्रिल १८ देखि मे १ सम्म काठमाडौंमा आयोजना हुने एसीसी प्रिमियर कपका लागि मलेसियाको टोली घोषणा भएको छ ।

मलेसिया क्रिकेट संघले मंगलबार अहमद फैजको कप्तानीमा १६ सदस्यी टोली घोषणा गरेको हो । टिमको उपकप्तानमा भिरनदिप सिंह छन् ।

यस्तै टिमका अन्य सदस्यमा सयद अजित, शर्भिएन मुनिएन्डी, अमिरक अजिम, फित्री शाम, खिजार हायात, रिजवान, भिजय उन्नी, अनवर रहमान, नाजरिल रहमान, वान मुहम्म अजाम, वाफिक इर्फान र सायदात छन् ।

प्रिमियर कपमा मलेसिया नेपाल रहेको समूह ए मा छ । यस समूहमा ओमान, कतार र साउदी अरेबिया पनि छन् ।

नेपाल मलेसियाबीच अप्रिल १८ मा कीर्तिपुरस्थित त्रिवि मैदानमा उद्घाटन खेल हुनेछ । समूह बी मा यूएई, हङकङ, कुवेत, सिंगापुर र बहाराइन छन् ।

दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् । प्रिमियर कपको विजेता टेष्ट राष्ट्र खेल्ने एसिया कपमा छनोट हुनेछ । यस्तै शीर्ष तीन टोली एसीसी इमर्जिङ कपमा छनोट हुनेछन् ।

एसीसी प्रिमियर कप मलेसिया क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय