
२८ चैत, काठमाडौं । सशस्त्र प्रहरी बल नेपालको फेसबुक पेजमा अनधिकृत व्यक्तिले पहुँच पुर्याएका छन् ।
मंगलबार बिहान १०:५९ बजे अनधिकृत व्यक्तिले पहुँच पुर्याएर भियतनामी भाषामा एउटा पोष्ट गरेका छन् । त्यसवाहेक पेजमा के–के भएको छ भन्नेबारे अनुसन्धान भइरहेको सशस्त्र प्रहरीका प्रवक्ता एसएसपी राजेन्द्र खड्काले बताए ।
‘एउटा पोष्ट भएपछि साइबर सेक्सनले अनुसन्धान गरिरहेको छ’, उनले भने । यसअघि सशस्त्र प्रहरी बलको ट्वीटर ह्याण्डल पनि सशस्त्र प्रहरीको पहुँच बाहिर पुगेको थियो ।
२४ चैतमा नेपाली सेनाको सर्भरमा अनधिकृत पुहँच पुर्याएको आरोपमा स्याङ्जाका २१ वर्षीय सागर ढकाल पक्राउ परेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4