+
+

एमएडब्लु ग्रुप र एभरेस्ट बैंकबीच समझदारी

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २८ गते १८:२९

काठमाडौं । एमएडब्लु ग्रुप अफ कम्पनी र एभरेस्ट बैंक लिमिटेडबीच सम्झौता भएको छ । एमएडब्लु ग्रुपले नेपालमा वितरण गर्दै आएको विभिन्न ब्रान्डका सवारी साधन र हेभी इक्विपमेन्टको सहज फाइनान्सिङका लागि एभरेस्ट बैंकसँग समझदारी भएको कम्पनीले जनाएको छ ।

एमएडब्लु ग्रुपले नेपालमा यामाहा, जेसीबी, जिप, स्कोडा, आइचर, फोटन र चांगनको बिक्री वितरण गर्दै आएको छ । कम्पनीका अनुसार अब एभरेस्ट बैंकले एमएडब्लु ग्रुपले आयात गर्ने विद्युतीय सवारी साधनको फाइनान्सिङ ‘फ्लकच्युएसन बेसिस’मा राष्ट्र बैंकले जारी गरेको ‘बेस रेट’मा न्यूनतम ३.५ प्रतिशत ब्याजदर तथा डिजेलपेट्रोलबाट चल्ने सवारीसाधनको फाइनान्सिङ ‘बेस रेट’मा ४ प्रतिशत ब्याजदरमा गर्नेछ । यी सबैको ऋण अवधि ७ वर्ष रहनेछ ।

मंगलबार आयोजित हस्ताक्षर समारोहमा एमएडब्लुको तर्फबाट भाइस प्रेसिडेन्ट तेज सुवेदी र एभरेस्ट बैंकको तर्फबाट शाखा प्रमुख डिना श्रेष्ठले हस्ताक्षर गरे ।

सम्झौतासँगै एमएडब्लुले आयात गर्ने सवारीसाधन तथा हेभी इक्विपमेन्ट खरिद गर्न चाहने ग्राहकले ‘डकुमेन्टेसन’ सकिएको एक सातामा ‘डेलिभरी’ लिन सक्ने कम्पनीले जनाएको छ ।

जिप, स्कोडा र चांगन ब्रान्डका ‘पेसेन्जर भेहिकल’ बेसरेटमा राष्ट्र बैंकले तोकेको ‘बेस रेट’मा थप ४ प्रतिशत (विद्युतीय सवारी साधनमा ३.५ प्रतिशत) ब्याजदरमा ८० प्रतिशतसम्म फाइनान्स हुनेछ । त्यसैगरी, आइचर, फोटन र चांगन ब्रान्डका कमर्शियल भेहिकललाई पनि एभरेस्ट बैंकले सोही ब्याजदरमा ६० प्रतिशतसम्म फाइनान्स गर्नेछ ।

जेसीबी ब्रान्डका हेभी तथा निर्माण उपकरणलाई पनि एभरेस्ट बैंकले ‘बेस रेट’मा ४ प्रतिशत ब्याज दरमा ७५ प्रतिशतसम्म फाइनान्स गर्ने सहमति पत्रमा उल्लेख छ ।

अब एमएडब्लुले नेपालमा विक्री वितरण गर्दै आएको सवारीसाधन तथा हेभी उपकरणहरु एभरेस्ट बैंकको नेपालभर फैलिएका एक सय २४ वटा शाखाबाट सहज ढंगमा फाइनान्सिङ हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?