+
+

डेढ महिनापछि वाणिज्य विभागमा नयाँ महानिर्देशक

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २८ गते १९:३७
गजेन्द्रकुमार ठाकुर

२८ चैत, काठमाडौं । रिक्त रहेको डेढ महिनापछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नयाँ महानिर्देशक पाएको छ ।

यसअघि मधेश प्रदेशमा रहेका सहसचिव गजेन्द्रकुमार ठाकुरलाई सरकारले सोमबारदेखि विभागको जिम्मेवारी सुम्पिएको हो । ठाकुर अर्थका क्याडर हुन् ।

१५ फागुनमा तत्कालीन उद्योग, वणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले तत्कालीन महानिर्देशक महेश भट्टराईको सरुवा गरेका थिए । ठूला व्यावसायिक घरानाका व्यवसाय माथि अनुगमन गरेको, पोस्ता दानाको कोटा खुलाउन विभागबाट असहयोग गरेको आरोप लगाउँदै मन्त्री भण्डारीले उनको सरुवा गरेका थिए ।

त्यसयताका डेढ महिना विभाग नेतृत्वविहीन थियो । अर्धन्यायिक अधिकार भएको विभाग नेतृत्व विहीन हुँदा बजार अनुगमनदेखि विभागका दैनिका कार्य नै प्रभावित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?