
२८ चैत, काठमाडौं । नेपाल एयरलाइन्सले तत्कालीन अपरेसन विभाग प्रमुख तथा वरिष्ठ पाइलट आरके शेरचनलाई निलम्बन गर्ने निर्णय गरेको छ । अघिल्लो साता काठमाडौं-दुबई उडान पाइलटले अन्तिम समयमा बिरामी भएको रिपोर्ट गरेपछि ११ घन्टा डिले भएको घटनाका कारण उनी निलम्बनमा परेका हुन् ।
नेपाल वायुसेवा निगमका एक उच्च अधिकारीका अनुसार यो घटनापछि छानबिन समिति गठन गरिएको थियो । सो समितिको प्रारम्भिक प्रतिवेदनका आधारमा थप अनुसन्धान गर्नुपर्ने भन्दै उनलाई निलम्बन गर्ने निर्णय भएको छ ।
यो घटनामा दोस्रो पाइलटको जोहो गर्न नसक्दा निगमले यात्रुलाई होटलमा राख्नु परेको थियो । त्यति मात्र नभएर कनेक्टिङ उडानमा टिकट काटेका धेरै यात्रुलाई अतिरिक्त भार परेको थियो ।
नेपाल वायुसेवा निगमभित्र पछिल्लो समय बेथितिका घटना बढेपछि सोमबार मात्र पर्यटन मन्त्री सुदन किरातीले स्पष्टीकरण समेत सोधेका छन् ।
प्रतिक्रिया 4