+

अन्तिम बलमा मुम्बइको जित, दिल्लीको लगातार चौथो हार

२०७९ चैत  २९ गते ६:२२ २०७९ चैत २९ गते ६:२२
अन्तिम बलमा मुम्बइको जित, दिल्लीको लगातार चौथो हार

२९ चैत, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा मुम्बइ इन्डियन्सले मंगलबार दिल्ली क्यापिटल्सलाई अन्तिम बलमा पराजित गर्दै सिजनको पहिलो जित निकालेको छ ।

पहिलो जितपछि मुम्बईले ३ खेलबाट २ अंक जोडेको छ । घरेलु मैदान अरुन जेट्ली स्टेडियममा ६ विकेटले पराजित भएको दिल्लीले लगातार चौथो हार बेहोरेको हो ।

जारी सिजन दिल्ली मात्रै जितविहीन छ ।

दिल्लीले दिउको १७३ रनको लक्ष्य मुम्बइले अन्तिम बलमा पूरा गरेको हो । अन्तिम ओभरमा जितका लागि पाँच रन मात्र आवश्यक रहेका बेला दिल्लीका एनरिक नोर्कियाले सुरुको पाँच बलमा ३ रनमात्र दिएपछि मुम्बइलाई खेल जित्न अन्तिम बलमा २ रन चाहियो । जसमा टिम डेविडले दुई रन लिंदै मुम्बइलाई जित दिलाए ।

टिमले ११ बलमा अविजित १३ रन जोडे । मुम्बइका लागि कप्तान रोहित शर्माले ४५ बलमा ६ चौका र ४ छक्का प्रहार गर्दै सर्वाधिक ६५ रन बनाए । तिकल बर्माले ४१ र इशान किसनले ३१ रन जोडे । खराब लय जारी रहेका सूर्यकुमारयादव शून्यमा आउट भए ।

कयामरुन ग्रीनले ८ बलमा अविजित १७ रन बनाए ।

दिल्लीका मुकेश कुमारले २ तथा मुस्तापिजर रहमानले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले २ बल बाँकी छँदा सबै विकेट गुमाएर १७२ रन बनाएको थियो । दिलल्लीका लागि अक्षर पटेललले २५ बलमा ४ चौका र ५ छक्का प्रहार गरी सर्वाधिक ५४ रन बनाए । कप्तान डेविड वार्नर ४७ बलमा ५१ रन बनाए । मनिस पाण्डेले २६ रन बनाए ।

मुम्बइका जासोन बेहरनडोर्फ र पियुष चावलाले ३-३ तथा राइले मेरेडिथले २ विकेट लिए ।

आईपीएल मुम्बइ इन्डियन्स

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय