+

भुर्जुङखोला तातोपानी माउण्टेन बाइक रेस

२०७९ चैत  २९ गते ६:५० २०७९ चैत २९ गते ६:५०
भुर्जुङखोला तातोपानी माउण्टेन बाइक रेस

२९ चैत, काठमाडौं ।वातावरण जोगाउन धुवाँरहित साइकल चढ्न प्रेरित गर्ने उद्देश्यले नयाँ वर्ष २०८० को दिन कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ मा ‘भुर्जुङखोला तातोपानी माउण्टेन बाइक रेस’ हुने भएको छ ।

‘स्वच्छ वातावरण, स्वस्थ जीवन’ को नारासहित भुर्जुङखोला तातोपानी माउण्टेन बाइक रेस हुने र  सबैलाई साइकल चढ्न अभिप्रेरित गर्ने आयोजक संस्थाले बताएको छ ।

उक्त कार्यक्रमले माछापुच्छ्रे गाउँपालिकाको प्राकृतिक तथा पर्वतीय पर्यटनको प्रचारप्रसारका लागि टेवा पुग्ने विश्वास आयोजक ग्रीनफोर्स युवा क्लबले लिएको छ ।

माउण्टेन बाइक रेससहित महिला भलिबल, पुरुष भलिबल, छेलो प्रतियोगिता, लोक दोहोरी कार्यक्रम लगायत आयोजना हुने क्लबले बताएको छ । यस प्रकारका कार्यक्रमले उक्त क्षेत्रको आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने वडाध्यक्ष गणेश आचार्यले बताए ।

बाइक रेसका विजेताले रु ३० हजार, उपविजेताले रु २० हजार, तृतीयले रु १० हजार र सान्त्वनाले रु पाँच हजार पुरस्कार प्राप्त गर्ने क्लबका कोषाध्यक्ष तथा मेलाका अर्थ संयोजक राजेन्द्र आचार्यले बताए ।

पोखरा महानगरपालिका-१९ लामाचौरबाट सुरु हुने दौड भुर्जुङखोला, चौर, तातोपानी, धिप्राङ टुसे, घाचोक, लाहाचोक, खोराकोमुखबाट फर्किएर पुरुनचौरको भारतीभवन विद्यालय हुँदै भुर्जुङखोला पुगेर समापन हुनेछ । पर्वतीय साइकल दौडले माछापुच्छ्रे गाउँपालिकाका आठ वटा वडा र ५० किमी दूरी तय गर्नेछ।

पाँच दिनसम्म सञ्चालन हुने कार्यक्रममा पुरुष भलिबलको विजेताले ९९ हजार ९९९, द्वितीयले ५५ हजार ५५५ नगद पुरस्कार पाउनेछन् ।

१५ वर्ष पहिला स्थापिक ग्रीन फोर्स युवा क्लबले यसअघि पनि जलवायु परिवर्तनबाट हुने असरलाई न्यूनीकरण गर्न नमूना कार्यक्रमका रूपमा पीपल प्रवर्द्धन कार्यक्रम गरेको थियो ।

मेलाको अर्थ संयोजक राजेन्द्र आचार्यले बताए अनुसार देशविदेशमा रहेका स्थानिय व्यक्तिहरुले मेलाका लागि राम्रो आर्थिक सहयोग गरिरहेका छन् ।

भुर्जुङखोला माउण्टेन बाइक रेस
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय