+
+

कांग्रेस उम्मेदवार भट्टराईको प्रतिवद्धता : गरिब परिवारलाई पानी र बिजुली नि:शुल्क

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २९ गते ११:१५

२९ चैत, काठमाडौं । नेपाली कांग्रेसबाट तनहुँ क्षेत्र नम्बर १ को उम्मेदवार बनेका गोविन्द भट्टराईले गरिब परिवारलाई पानी र बिजुलीको नि:शुल्क व्यवस्था गर्ने प्रतिबद्धता गरेका छन् ।

१० वैशाखमा हुने उपनिर्वाचनका लागि क्षेत्र केन्द्रित घोषणापत्र सार्वजनिक गर्दै भट्टराईले मेडिकल कलेज स्थापना गर्ने प्रतिज्ञा गरेका छन् । पाँच वर्षभित्र सबै घरमा खानेपानी र बिजुली पुर्‍याउने प्रतिबद्धता उनले गरेका छन् ।

पालिकाले प्रवाह गर्ने सेवालाई नागरिकको घर घरमा पुर्‍याउने व्यवस्था पाँच वर्षभित्र गर्ने उनले संकल्प गरेका छन् । तनहुँमा एउटा सरकारी मेडिकल कलेजको स्थापनालाई प्राथमिकतामा राखेका उनले तनहुँमा प्रसूति, क्यान्सर, मृगौला वा बालसम्बन्धी विशिष्टीकृत अस्पतालसमेत स्थापना गर्ने उल्लेख गरेका छन् ।

जिल्लाको यातायात पूर्वाधार विकासमा विशेष जोड दिएका उनको प्रतिबद्धतामा शालिग्राम करिडोर, दमौली घुमाउने बुद्धसिं मार्ग, त्रिशूली करिडोर आदिलाई पाँच वर्षभित्र स्तरोन्नति सक्ने उल्लेख छ ।

व्यास र पुलिमराङ मार्ग, घाँसीकुवा अँधेरीभञ्ज्याङ मार्ग, छिम्केश्वरी मार्ग, केशवटार मार्ग आदिलाई पनि पाँच वर्षभित्र स्तरोन्नति सक्ने प्रतिबद्धता उनको छ ।

प्रतिबद्धतामा व्यासभूमिलाई त्रिवेणीधाम र भारतसँगको व्यापार नाकासँग सहजरुपमा जोड्न बुद्धसिं मार्गमै जोडेर द्रुत मार्गको परिकल्पना पनि छ ।

जिल्लाको उत्तर दक्षिण जोड्ने स्तरीय सडकलाईसमेत प्राथमिकतामा राखेका उनले पर्यटकीय थलोहरु तनहुँसुर, पुलिमराङ, थानीको थान, चोक चिसापानी, सिङचाङ गढीको विकाससँगै वेदव्यासको प्रतिमा पनि प्रतिस्थापन समयमै सकाउने भट्टराईको प्रतिबद्धतामा छ ।

तनहुँलाई सुन्तला र बाख्राको केन्द्रका रुपमा स्थापना गर्न विशेष कार्यक्रम ल्याउने भट्टराईको प्रतिबद्धतामा छ ।

जिल्लालाई कृषिमा आत्मनिर्भर बनाउने र कृषिमा आत्मनिर्भर बनाउनुका साथै तनहुँका जलविद्युत आयोजनाको शेयर हरेक परिवारले लिन पाउने व्यवस्था मिलाउनेमसेत भट्टराईले घोषणा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?