
काठमाडौं । हलिउड स्टार ब्री लार्सन मार्वल सिनेम्याटिक युनिभर्समा फर्किएकी छन् । मार्वलको नयाँ फिल्म ‘द मार्वल्स’मा लार्सनले एमसीयू स्टारहरु ‘वान्डा भिजन’की टेयोनाह पेरिस र ‘मिसेल मार्वल’की इमान भेलानीसँग सहकार्य गरेकी छन् ।
नेपाली समयानुसार मंगलबार राति सार्वजनिक भएको ट्रेलरमा यी तीनै हलिउड अभिनेत्री देखिएका छन् । स्यामुएल एल ज्याक्सनलाई पनि शीर्ष भूमिकामा देखिएका छन् । मार्वल स्टुडियोले फिल्मको कथा अंशबारे लेखेको छ, ‘क्यारोल डेनभर्स उर्फ क्याप्टेन मार्वलले अत्याचारी क्रीबाट पहिचानालाई पुनः फर्काउन संघर्ष गरेकी छन् । तर अनपेक्षित परिणामले क्यारोललाई लक्ष्य प्राप्तिमा कठिनाइ हुन्छ । कमला खान उर्फ सुश्री मार्भल र क्यारोलसँगै मिलेर सबै पात्रले ब्रह्माण्डलाई जोगाउन सामूहिक रुपमा काम गर्न सिक्नुपर्छ ।’
सन् २०२१ को ‘क्यान्डीम्यान’को श्रृंखला निर्देशन गरेपछि निर्देशक निया डाकोस्टाले ‘द मार्वल्स’मार्फत एमसीयूमा डेब्यु गर्दैछिन् । यो उपलिब्धसँगै उनी एमसीयूको फिल्म निर्देशन गर्ने पहिलो अश्वेत महिला र चौथो महिना बन्नेछिन् । दक्षिण कोरियाली अभिनेता पार्क सियो-जून जसले ‘प्यारासाइट’ र टिभी श्रृंखला ‘इटावन क्लास’मा अभिनय गरेबापत प्रसिद्धि हासिल गरेका थिए, उनी पनि यसमा जोडिएका छन् ।
नेपाली क्यालेन्डरअनुसार यो फिल्म कात्तिक २४ गते प्रदर्शन हुनेछ ।
प्रतिक्रिया 4