
२९ चैत, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा मोलुङ हाइड्रोपावरको सेयर सूचीकृत भएको छ । प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यको ८० लाख २५ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई जारी गरेको ८ लाख २ हजार ५०० कित्ता र सर्वसाधारण्लाई जारी गरेको २७ लाख २८ हजार ५०० कित्ता र संस्थापक सेयरधनीको ४४ लाख ९४ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको नेप्सेले जनाएको छ ।
धितोपत्र सूचीकरण विनियमावली २०७५ अनुसार २८ चैतमा कम्पनीको सेयर सूचीकृत गर्ने निर्णय भएको नेप्सेले जनाएको छ । सोही अनुसार २९ चैत बुधबार कम्पनी र नेप्सेबीच सूचीकरण सम्झौता भएको हो ।
कम्पनीको सेयर नेप्सेमा सूचीकृत भएसँगै ३० चैत बिहीबारदेखि दोस्रो बजारमा कारोबार गर्न सकिने नेप्सेले जनाएको छ । नेप्सेले कम्पनीको सेयर कारोबारको लागि ६० रुपैयाँ ६२ पैसा देखि १८१.८६ पैसासम्म ओपनिङ रेञ्ज तोकेको छ । नेप्सेले पछिल्लो आर्थिक वर्षको लेखापरीक्षण भएको वित्तीय विवरणको नेटवर्थदेखि नेटवर्थको ३ गुणसम्म ओपनिङ रेञ्ज तोक्ने गर्छ ।
बिहीबार नेप्सेको ‘स्पेसल प्रि ओपन सेसन’ मा कम्पनीको सेयर कारोबार भएमा दोस्रो बजारमा किनेबेच हुनेछ ।
प्रतिक्रिया 4