
२९ चैत, काठमाडौं। नेपाल खुला विश्वविद्यालयमा डीन विहीन भएको १९ महिनापछि डीन नियुक्त गरेको छ । विश्वविद्यालयले गत हप्ता तीनै संकायमा डीन नियुक्त गरेको जनाएको छ ।
व्यवस्थापन तथा कानुन संकायमा प्रा.डा.अरहण स्थापित, विज्ञान, स्वास्थ्य तथा प्रविधि संकायमा प्रा.डा.केदार प्रसाद रिजाल र समाजिक विज्ञान तथा शिक्षा संकायमा डा.खगेन्द्र प्रसाईं नियुक्त भएका छन्।
२०७८ साल भदौदेखि व्यवस्थापन तथा कानुन संकाय र समाजशास्त्र तथा शिक्षा संकाय डीनविहीन भएको थियो भने २०७८ पुसयता विज्ञान, स्वास्थ्य तथा प्रविधि संकाय पनि डीनविहीन बनेको थियो।
लामो समय राजनीति खिचातानीको कारण डीन नियुक्ति गर्न नसकेपछि गत फागुनमा कार्यकारी परिषद्ले सर्च कमिटि गठन गरेको थियो ।
विश्वविद्यालयको कार्यकारी परिषद्ले प्रा.डा.राजेन्द्र ध्वज जोशीको संयोजकत्वमा पाँच सदस्यीय सर्च कमिटी गठन गरेको हो ।
सर्च कमिटिले खुला आवेदन माग गरेर सिफारिस गरेको व्यक्तिहरुलाई नियुक्ति गरिएको उपकुलपति प्रा.डा.शिलु मानन्धर बज्राचार्यले बताइन् । उनले भनिन्, ‘सर्च कमिटिले सिफारिस गर्नुभएको आधारमा डीन नियुक्ति भएको छ।’
प्रतिक्रिया 4