+
+

ढाकाको ठाउँमा विन्दवासिनीलाई सांसद बनाउने रास्वपाको निर्णय, मेघको बिरोध

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २९ गते १९:३०

२९ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निस्कासित समानुपातिक सांसद डा. ढाकाकुमार श्रेष्ठको स्थानमा विन्दवासिनी कंसाकारलाई सांसद बनाउने निर्णय गरेको छ ।

बुधबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले मेडिकल व्यवसायीसँग २ करोड मागेका डा. श्रेष्ठको साधारण सदस्यता खारेज गर्ने निर्णय गरेको हो । साथै समानुपातिक पद्धतिबाट निर्वाचित श्रेष्ठको ठाउँमा मकवानपुरकी कंसाकारलाई सांसद बनाउने निर्णय भएको सभापति रवि लामिछानेले जानकारी दिए ।

कंसाकारलाई रास्वपाले २ महिनाअघि केन्द्रीय सदस्य मनोनित गरेको थियो । उनीमाथि १० वर्षअघि एसिड आक्रमण भएको थियो ।

मेघबहादुरको बिरोध

बैठकमा समानुपातिकको बन्दसूचीमा आदिवासी जनजाति पुरुषतर्फ दोस्रो नम्बरमा रहेका मेघबहादुर आलेले असन्तुष्टि जनाएका छन् ।

पुरुष सांसद हटेको र समानुपातिक क्रम संख्या अनुसार आफू रहेको भन्दै उनले आफ्नो दाबी पेश गरेका थिए । तर सभापति रवि र महामन्त्री मुकुल ढकाल आदिवासी जनजाति पुरुषतर्फ तेस्रो नम्बरमा रहेकी विन्ध्यवासिनीको पक्षमा देखिए ।

‘आफ्नो स्वभाविक प्राप्त हुने अवस्था भएपनि महिलाबाट ल्याइएकोमा उहाँको असन्तुष्टि रह्यो’, रास्वपाका एक एक केन्द्रीय सदस्यले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?