+

पुलिस, आर्मी र गण्डकी सेमिफाइनलमा

२०७९ चैत  २९ गते १९:४५ २०७९ चैत २९ गते १९:४५
पुलिस, आर्मी र गण्डकी सेमिफाइनलमा

२९ चैत, काठमाडौं । नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब आर्मी प्रथम पोष्टबहादुर बोगटी स्मृति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको समूह ‘ए’ को लिगमा आर्मीले गण्डकी प्रदेशलाई २५–१०, २५–१७ र २७–२५ को सोझो सेटमा पराजित गर्‍यो । जितसँगै आर्मी समूह विजेता बन्यो ।

यो समूहमा २ टिम मात्र रहेकाले गण्डकी पनि उपविजेताका हैसियतले सेमिफाइनलमा पुग्न सफल भयो ।

पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानद्वारा आयोजित प्रतियोगितामा प्रहरीले सुदूरपश्चिम प्रदेशलाई सीधा सेटमा २५–१६, २५–१७ र २५–१६ ले हरायो ।

प्रहरी समूह ‘बी’ को विजेता बन्यो । ३ टिम रहेको समूहमा प्रहरीले उद्घाटन खेलमा एपीएफलाई मंगलबार ३–० ले हराएको थियो ।

बिहीबार एपीएफ र सुदूरपश्चिमबीच हुने लिगको अन्तिम खेलबाट सेमिफाइनल पुग्ने अन्तिम टोलीको टुंगो लाग्ने छ ।

राष्ट्रिय भलिबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय