+

स्वस्तीश्री गुरुकुलमा खेलाडीले स्पेनमा विशेष प्रशिक्षण गर्ने

२०७९ चैत  ३० गते ७:१९ २०७९ चैत ३० गते ७:१९
स्वस्तीश्री गुरुकुलमा खेलाडीले स्पेनमा विशेष प्रशिक्षण गर्ने

३० चैत, काठमाडौं । स्वस्तीश्री गुरुकुल आइबी वर्ल्ड स्कुलका फुटबल खेलाडीहरुले युरोपियन राष्ट्र स्पेमा विशेष प्रशिक्षण गर्ने भएका छन् ।

हल्याण्ड फुटबल युनिभर्सिटीको आयोजनामा हुने विशेष प्रशिक्षणमा सहभागिता जनाउन स्कुलका २० खेलाडीसहित २२ सदस्सीय टोली बिहीबार त्यसतर्फ प्रस्थान गर्ने छन् ।

स्पेन जाने खेलाडीमध्ये १३ जना स्कुलबाट र ७ जना एकेडेमीका खेलाडी रहेका छन् ।

टोलीको प्रशिक्षकमा स्कुलका प्रशिक्षक समेत रहेका ज्वाला विष्ट छन् भने टोलीको नेतृत्व गर्दै स्वस्तीश्री स्कुलका ब्राण्ड एम्बासडर तथा राष्ट्रिय टिमका पर्व कप्तान अनिल गुरुङ स्पेन जाने छन् ।

स्पेनको बान्को शहरमा आयोजना विशेष प्रशिक्षण अप्रिल १४ देखि २४ सम्म हुनेछ । स्पेनमा स्वस्तीश्रीका टोलीले केही मैत्रीपूर्ण खेलहरू समेत खेल्ने स्कुलले जनाएको छ ।

स्पेन जाने टोलीलाई बुधबार स्वस्तीश्री गुरुकुलले बिदाइ गरेको थियो ।

स्पेन जाने खेलाडीमा कबिर आचार्य, अर्नभ जंग शाही, भाइचुङ तामाङ, रोहित श्रेष्ठ, दीप खत्री, दीर्घायु पिया, अक्षय खत्री, सदित अर्याल, रियन गुरुङ, प्रश्रय श्रेष्ठ, सइस राज वन्त, श्रेयन नाम्गेल लामा, कृपाल गिरि, सर्नब दास श्रेष्ठ, यक्ष हाङ लिम्बु, क्रिसल हेका, सम्बृद्ध बोहरा, उत्सव प्रधान र पाल्देन दोर्जे शेर्पा रहेका छन् ।

यसअघि स्वस्तीश्री गुरुकुलका खेलाडीले २०२१ मा सर्वियामा भएको आइएसएफ वर्ल्ड स्कुल गेम्स र २०२२ मा नेदरल्यान्ड्समा हलयाण्ड फुटबल युनिभर्सिटीकै आयोजनामा भएको विशेष प्रशिक्षणमा सहभागिता जनइसकेको छ ।

स्वस्तीश्री गुरुकुल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय