
३० चैत, विराटनगर । साहित्यकार प्राध्यापक डाक्टर गोविन्दराज भट्टराईलाई राष्ट्रिय प्रतिभा सम्मान प्रदान गरिएको छ ।
सिएम कन्दङ्वा स्मृति कोष मोरङले २०७९ सालको राष्ट्रिय प्रतिभा सम्मान साहित्यकार भट्टराईलाई प्रदान गरेको हो ।
बुधबार एभरेष्ट अङ्ग्रेजी आवासीय माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईले सम्मान पत्र प्रदान गरे । भट्टराईलाई एक लाख एक हजार नगदसहित सम्मान गरिएको हो ।
सोही कार्यक्रमा युवा प्रतिभा सम्मान २०७९ संगीतकार अनिल फागोलाई प्रदान गरिएको छ । उनलाई ५१ हजार राशीसहित युवा सम्मान प्रदान गरिएको हो ।
स्मृति कोषबाट नै स्थापित शुशीला कन्दङ्वा युवा पत्रकारिता पुरस्कार पत्रकार अर्जुन जम्नेली राईलाई प्रदान गरिएको छ । राईलाई प्रदान गरिएको पुरस्कारको राशि ११ हजार छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4