
काठमाडौं । हिमालय लोकस्टारका अन्तिम ६ जना प्रतिस्पर्धी घोषणा भएका छन् । बुधबार प्रसारण भएको एपिसोडबाट फाइनलिस्ट घोषणा भएका हुन् ।
फिनालेमा प्रवेश गर्नेहरुमा बलराम विश्वकर्मा, पीएन साइँला, सन्तोष क्षेत्री, राजेन्द्र घर्तीमगर, विकास परियार र किरण बीसी छन् । निर्देशक सिमोस सुनुवारले दर्शकको मतको आधारमा फाइनलिस्ट तय भएको जानकारी दिए । मंगलबार र बुधबारको एपिसोडलाई ‘ट्रिब्युट राउण्ड’को रुपमा प्रस्तुत गरिएको थियो ।
हिमालय लोकस्टार हिमालय टेलिभिजन एचडीबाट प्रत्येक मंगलबार र बुधबार राति ८ बजे प्रसारण हुँदै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4