+
+

दिपायल सिलगढी नगरपालिका–५ बालश्रम मुक्त वडा घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ३० गते १४:४८

३० चैत, डोटी । डोटीको दिपायल सिलगढी नगरपालिका– ५ बालश्रम मुक्त वडा घोषणा भएको छ ।

आगामी आर्थिक वर्षभित्र बालश्रम मुक्त नगर घोषणा गर्ने लक्ष्यका साथ २०७५ सालदेखि बालश्रम मुक्त अभियान सञ्चालन गरिरहेको नगरपालिकाले बुधबार एक समारोहकाबीच बालश्रम मुक्त वडा घोषणा गरेको हो ।

बालश्रम मुक्त वडा घोषणा गर्दै जिल्ला समन्वय समिति डोटीका प्रमुख लक्ष्मणबहादुर सिंहले बालबालिकालाई श्रममा लगाउनु कानुनी रुपमा दण्डनीय र सामाजिक निन्दनीय भएको बताए । नगरपालिकाभित्र अझै पनि बाल श्रमिकहरु रहेको हुन सक्ने बताउदै सिंहले प्रभावकारी अनुगमन हुनुपर्ने बताए ।

दिपायल सिलगढी नगरपालिकाका प्रमुख बाजीसिं खड्काले नगरपालिकालाई बालश्रम मुक्त बनाउने अभियान प्राथमिकताका साथ अघि बढाइएको बताए । उनले बालश्रम मुक्त गर्ने अभियानमा सहयोग गर्ने सबैलाई धन्यवादसमेत दिए ।

बालश्रम निवारण राष्ट्रिय रणनीतिले तोकेका सूचकहरु पूरा भएपछि वडालाई बालश्रम मुक्त घोषणा गरिएको नगरपालिकाका सामाजिक विकास अधिकृत रमेशचन्द्र जोशीले जानकारी दिए । उनले उक्त वडामा रहेका ६ जना श्रमिक बालबालिकाहरुलाई नगरपालिकाले सबै खर्च व्यहोर्ने गरी आवासीय विद्यालयमा भर्ना गरिएको बताए ।

थप तीन वडालाई यसै आर्थिक बर्षमा बालश्रम मुक्त घोषणा गर्ने तयारी भएको जोशी बताउँछन् । उनले भने, ‘आगामी आर्थिक वर्षभित्र नगरपालिकालाई बालश्रम मुक्त वडा घोषणा गर्ने लक्ष्य लिएका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?