
काठमाडौं । कथानक फिल्म ‘हल्कारा’को अधिकारिक ट्रेलर सार्वजनिक भएको छ । बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा मर्मस्पर्शी ट्रेलर सार्वजनिक गरियो । दुई मिनेट ५१ सेकेण्ड लामो ट्रेलर जिजिविषाका लागि हुलाकीले गर्ने संघर्षको कथा पेश गर्छ ।
वैदेशिक रोजगारीको एक आयाम फिल्मको प्रमुख कथ्य हो । शीर्ष चरित्रमा देखिएका महेश त्रिपाठीको अभिनय सशक्त देखिन्छ । विनिता थापा मगर, दीपक क्षेत्री, उमेश तामाङ, विद्या कार्की लगायतको पनि अभिनय छ । विक्रम सापकोटाको लेखन तथा निर्देशन रहेको फिल्मलाई रामकृष्ण पोखरेल र सापकोटाले संयुक्त रुपमा निर्माण गरेका हुन् ।
चिन्तन राजभण्डारीको छायांकन, सापकोटाको सम्पादन, लियोनार्दो क्यान्डियनको रंग संयोजन छ । विभिन्न अन्तर्राष्ट्रिय अवार्ड जितेको यो फिल्म ‘ऐना झ्यालको पुतली’ निर्माता पोखरेलको पछिल्लो निर्माण भेन्चर हो । फिल्म वैशाख २९ मा प्रदर्शन हुनेछ ।
प्रतिक्रिया 4