
३० चैत, काठमाडौं । सभामुख देवराज घिमिरेले संघीय संसद सचिवालयका कर्मचारीहरुको सेवा सुविधाका लागि प्रयत्न गर्ने प्रतिवद्धता जनाएका छन् ।
नयाँ वर्ष २०८० का अवसरमा संघीय संसद सचिवालयले गरेको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो प्रतिवद्धता जनाएका हुन् ।
सभामुखकै सचिवालयका अनुसार सभामुख घिमिरेले संसद् सेवामा विगतमा धेरै आकर्षण रहेको तर, अहिले कमी आएको आफूले देखेको बताएका छन् ।
उनले भनेका छन्, ‘मुलुकको अर्थतन्त्रका कारण कर्मचारीलाई सेवा सुविधा पर्याप्त दिन सकिएको छैन । आगामी वर्ष सेवा सुविधाका लागि प्रयत्न हुनेछ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4