+
+

अबण्डामा बजेट नराख्न महालेखाले गरायो सचेत

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ३० गते १७:५१

३० चैत, काठमाडौं । महालेखा परीक्षकको कार्यालयले अबण्डामा बजेट नराख्न स्थानीय तहहरुलाई सचेत गराएको छ । महालेखाको ६० औं प्रतिवेदन अनुसार आव २०७८/७९ मा स्थानीय तहमा मात्र ६ अर्ब ७७ करोड ५२ लाख ७७ हजार बजेट अबण्डा (बजेट शीर्षक नखुलाई एकमुष्ट बजेट) मा राखेको पाइएको छ ।

प्रतिवेदनले अबण्डा रकम कार्यपालिकाको निर्णय पछि पटके आयोजना र कार्यक्रम राखेर खर्च गर्ने गरिएको बताएको छ ।स्थानीय तहले विना शीर्षक अबण्डामा बजेट राखेर खर्च गर्दा वित्तीय अनुशासन नहुने परीक्षकको कार्यालयले जनाएको छ ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार पूँजीगत शीर्षकमा २५ प्रतिशत नबढ्ने गरी रकमान्तर गर्न सक्ने प्रावधान छ । यस आवमा १५६ तहले यो व्यवस्थाको प्रतिकुल हुने गरी ८ अर्ब ४३ करोड ६८ लाख ५७ हजार रुपैयाँ रकमान्तर गरेको पाइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?