+
+

नयाँ वर्षको अवसरमा नेपाल पे इन्स्ट्यान्ट मार्फत निःशुल्क फण्ड ट्रान्सफर गर्न सकिने

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ३० गते १८:२७

काठमाडौं । नयाँ वर्ष २०८० को अवसरमा नेपाल पे इन्स्ट्यान्ट मार्फत निःशुल्क फण्ड ट्रान्स्फर गर्न पाइने भएको छ । १ वैशाखदेखि ३१ वैशाखसम्म लागू हुने यस अफरमा नेपाल पे इन्स्ट्यान्ट मार्फत मोबाइल नम्बरको आधारमा कनेक्ट आईपीएस, मोबाइल बैंकिङ तथा वालेटका प्रयोगकर्ताहरुलाई सजिलै फण्ड ट्रान्स्फर गर्न सकिनेछ ।

नयाँ वर्षमा नगदको सट्टा डिजिटल माध्यमबाट फण्ड ट्रान्स्फर गर्न थप प्रोत्साहन गर्न उक्त व्यवस्थाले थप सहयोग गर्ने अपेक्षा गरिएको छ ।

नेपाल पे इन्स्ट्यान्ट मार्फत फण्ड ट्रान्स्फर गर्न प्रयोगकर्ताले कनेक्ट आइपिएसको वेब अथवा मोबाईल एपमा लग इन गरी फण्ड ट्रान्स्फर भित्र नेपाल पे इन्स्ट्यान्ट मा क्लिक गरी नेटवर्क भित्र कनेक्ट आईपीएस, मोबाइल बैंकिङ वा वालेट मध्यको विकल्प छनोट गरी भुक्तानी प्राप्त गर्ने व्यक्तिको रजिष्टर मोबाइल नम्बर दाखिला गरी सजिलै फण्ड ट्रान्स्फर गर्न सक्दछन् ।

कनेक्ट आईपीएसका साथै नेपाल पे इन्स्ट्यान्ट को उक्त सेवा केहि मोबाइल बैंकिङ र वालेटमा पनि उपलब्ध छ ।

एनपीएस अन्तर्गत इन्टेरोपरएबल फण्ड ट्रान्स्फरको लागि लागू गरिएको नेपाल पे इन्स्ट्यान्टले विभिन्न उपकरण तथा नेटवर्क बीच अन्तरआबद्धता कायम गर्न सम्भव भएको र सम्पूर्ण कारोबर रिटेल पेमेन्ट स्विच मार्फत प्रोसेस हुने व्यवस्था सहित सञ्चालनमा रहेको ‘नेपाल पे’ले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?