
काठमाडौं । सेल्सबेरीले नयाँ वर्ष २०८० र मातातीर्थ औंसीको अवसरमा ग्राहकहरुका लागि अफर सार्वजनिक गरेको छ । ‘सेल्सबेरीको साथ मोदर्स डे मिठास भरौं केकले’ नामक योजना १ वैशाखदेखी ७ वैशाखसम्म लागु हुनेछ ।
यस योजना अन्तर्गत ग्राहकहरुले प्रत्येक ८ हजार रुपैयाँको खरिदमा एक आकर्षक केक सितैमा प्राप्त गर्न सक्नेछन् । ग्रहकहरुले १-७ वैशाखसम्म एक पटकमा ८ हजार रुपैयाँको खरिदमा केक प्राप्त गर्न सक्नेछन् । केक ६-७ वैशाखसम्म सलेस्बेरी स्टोरबाट प्रदान गरिने सेल्सबेरीले जनाएको छ । यो अफर काठमाडौ सेल्सबेरीका शाखाहरुमा तथा पोखराका सेलवेजका शाखाहरुमा लागु हुनेछ ।
यस अफर अन्तर्गत मातातीर्थ औंसीमा खरिद गरिने मिठाइ , फलफुल , भुजिया, काजु, किस्मिस लगायत अन्य बिभिन्न खद्य बस्तुहरुमा भारी छुट लगाइएको जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4