+
+

लगानी बोर्डले गर्‍यो १ खर्ब ६७ अर्ब ५९ करोड बराबरको लगानी स्वीकृत

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ३० गते १९:३५

३० चैत, काठमाडौं । लगानी बोर्डले १ खर्ब ६७ अर्ब ५९ करोड बराबरको लगानी स्वीकृत गरेको छ । जलविद्युत आयोजनामा १ खर्ब ४६ अर्ब २२ करोड वैदेशिक र २१ अर्ब ३७ करोड स्वदेशी गरी कुल १ खर्ब ६७ अर्ब ५९ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको बोर्डले जनाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतमा बसेको बोर्डको ५३ औं बैठकले यस्तो निर्णय गरेको हो । बोर्डका अनुसार अरुण जलविद्युत परियोजनाका लागि ९२ अर्ब ६८ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ ।

बोर्डले विकासकर्तासँग वार्ता गरी परियोजना विकास सम्झौताको सहमतिको दस्तावेज तयार पारेर बोर्ड समक्ष पेश गर्न बोर्डका प्रमुख कार्यकारी अधिकृतको संयोजकत्वमा वार्ता समिति समेत गठन गरेको छ । बैठकले १०२ मेगावाटको माथिल्लो मर्स्याङ्दी १ परियोजनाको ३३ अर्ब १९ करोड, ७० मेगावाटको दूधकोशी-२ जलविद्युत परियोजनाको २० अर्ब ३५ करोड, ७०.३ मेगावाटको सेम्बुवा खोला जलविद्युत परियोजनाको १३.४४ अर्ब र ४३ मेगावाटको अपर मादी खोला जलविद्युत आयोजनाको ७ अर्ब ९३ करोड रुपैयाँ लगानी स्वीकृत गरेको हो ।

बोर्डले जर्मन कम्पनीले मल कारखाना स्थापना सम्बन्धमा अध्ययन अनुमतिका लागि पेश गरेको प्रस्ताव अनुसार विकासकर्तासँग सम्पन्न गर्ने समझदारी पत्र र डाबर नेपालको पूँजी तथा क्षमता वृद्धि परियोजना कार्यान्वयन गर्न सम्पन्नगरी सम्झौतापत्रको समस्यौ पनि स्वीकृत गरेको छ । मल कारखाना स्थापना गर्ने बारे मलेसियाको कम्पनले पेश गरेको प्रस्तावलाई समेत स्वीकृत प्रदान गरेको बोर्डले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?