
काठमाडौं । टिभी श्रृंखला ‘सक्किगो नि’को तेस्रो सिजनको प्रसारण आगामी जेठ ४ गतेदेखि सुरु हुने भएको छ । लेखक तथा निर्देशक अर्जुन घिमिरे ‘पाँडे’ले कलाकार र कथावस्तुमा हेरफेर गर्दै नयाँ सिजन ल्याउने तयारी भइरहेको जानकारी दिए ।
तेस्रो सिजनमा कलाकार हेरफेर हुने भएको छ । विषयवस्तु, प्रोडक्सन र भेषभूषालाई अझै गुणस्तरीय देखाउन प्रयास हुने जानकारी पाँडेले दिए । ‘अझै राम्रो गर्ने कोसिस गर्नेछौं,’ उनले भने । सिजनमा ३ मा कुल १०४ एपिसोड प्रसारण हुने भएका छन् ।
यो सोसल कमेडी टिभी सिरिजको छायांकन चाँडै सुरु हुनेछ । यो सिरियल हिमालय टिभी एचडीबाट प्रसारण हुँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4