+
+

तीनै तह मिलेर विद्यार्थी भर्ना अभियान सञ्चालन गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १ गते १३:४७

१ वैशाख, काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले संघ, प्रदेश र स्थानीय तहलाई संयुक्त रुपमा विद्यालय उमेर समूहका सबै बालबालिकालाई विद्यालयमा ल्याउन विद्यार्थी भर्ना अभियान सञ्चालन गर्ने जनाएको छ ।

साथै माध्यमिक शिक्षा परीक्षा दिएका विद्यार्थीहरुलाई छोटो अवधिकारी सीप विकास तालिम स्थानीय तहको नेतृत्व एवम् समन्वयमा सञ्चालन गर्ने भएको छ ।

विहीबार शिक्षामन्त्री अशोक कुमार राई जिल्ला समन्वय समिति महासंघ नेपाल, नेपाल नगरपालिका संघ, गाउँपालिका राष्ट्रिय महासंघ नेपालका प्रमुख एवं पदाधिकारी र मन्त्रालयका अधिकारहरु सहित बसेको छलफलले उक्त निर्णय गरेको मन्त्रालयले जनाएको छ ।

शैक्षिक सत्र २०८० को शुरुमै सबै सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई नि:शुल्क पाठ्यपुस्तक उपलब्ध गराउने निर्णय गरेको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।

पाठ्यपुस्तकको उपलब्धता र विद्यालयमा भएको वितरण सम्बन्धमा स्थानीय तहबाट अनुगमन गरी सुनिश्चितताका लागि समन्वय गर्नेलगायतका निर्णय गरेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?