+
+

‘नम्बरी सुन’को पोस्टरमा हिरोइनलाई भगाउँदै गरेका गौरव

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १ गते १६:२७

काठमाडौं । राजु गिरीको निर्देशन रहेको फिल्म ‘नम्बरी सुन’ले नयाँ वर्षको अवसर पारेर शुक्रबार पोस्टर सार्वजनिक गरेको छ । पोस्टरमा फिल्मका शीर्ष कलाकारहरु गौरव पहारी र नम्रता सापकोटा चित्रित छन् । गौरवले बेहुली पहिरनमा रहेकी नम्रतालाई बोकेर भगाउन खोजेको जस्तो पोस्टरमा देखिन्छ ।

भदौ १ गते प्रदर्शनको तयारीमा रहेको फिल्मलाई नारायण खातीले लेखन तथा निर्माण गरेका हुन् । खातीकै कथा तथा प्रस्तुति रहेको फिल्ममा गौरव पहारी, नम्रता सापकोटा, सरोज खनाल, राजाराम पौडेल, राजेन्द्र खड्गी, बुद्धि तामाङ, किरण नेपाली, सविन बास्तोला, विनोद न्यौपाने र गीता अधिकारीको अभिनय छ ।

सुवर्ण शिवांश प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा शिवम् अधिकारीको पटकथा तथा संवाद छ । सरोज खाती, सविन खाती र मनोज रिजालले मिलेर निर्माण गरेका हुन् । ‘नम्बरी सुन’मा राजेशपायल राई, शान्तिश्री परियार, प्रताप दास र अनु चौधरीको स्वर छ । अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत, रामजी लामिछानेको नृत्य निर्देशन, समीर मियाको भीएफएक्स, दिव्य सुवेदीको छायांकन, देव महर्जनको द्वन्द्व निर्देशन, गौतमराज खड्काको सम्पादन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?