
२ वैशाख, जनकपुरधाम । नयाँ वर्षको अवसरमा समाजमा सचेतना बढाउने उद्देश्यले धनौजी गाउँपालिका-५ बहुअर्वामा पुस्तकालय स्थापना गरिएको छ ।
सामुदायिक सिकाइ तथा सामाजिक विकास केन्द्रअन्तर्गत पुस्तकालयको स्थापना गरिएको हो ।
शनिबार एक समारोहबीच धनौजी गाउँपालिका अध्यक्ष राजकुमार साह तथा वडाध्यक्ष मो. याकुव कवारीले संयुक्त रुपमा उदघाटन गरेका हुन् ।
पालिका अध्यक्ष साहले श्रृजनात्मक कामका लागि स्थापना भएको पुस्तकालयलाई चाहिने आर्थिक सहयोग आफ्नो कार्यकालमा नियमित गर्ने प्रतिबद्धता व्यक्त गरे ।
केन्द्रका अध्यक्ष शिवसागर साहको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा लोसपाका नेता जिवेन्द्र झा, केन्द्रका सचिव रामकृपाल महतो, पूर्ववडाध्यक्ष कमल नारायण पंकज,वरिष्ठ अधिवक्ता देवेन्द्र ठाकुर निरालालगायतको उपस्थिति थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4