
२ वैशाख, काठमाडौं । मन्त्रिपरिषद्लाई पूर्णता दिनेलगायतका विषयमा सत्तारुढ दलका शीर्ष नेताबीच शनिबार छलफल भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा मन्त्रिपरिषद् विस्तार र उपनिर्वाचनका विषयमा कुराकानी भएको प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरि तिमिल्सिनाले जानकारी दिए ।
हालको मन्त्रिपरिषदमा ६ वटा मन्त्रालय अझै प्रधानमन्त्रीको जिम्मामा छ । ती मन्त्रालयमा मन्त्री नियुक्तिका लागि प्रधानमन्त्रीले कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतका नेताहरुसँग छलफल गरेका हुन् ।
छलफलमा कांग्रेसका उपसभापति तथा उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का र महामन्त्री गगनकुमार थापा, नेकपाएकीकृत समाजवादीका महासचिव घनश्याम भूसाल पनि सहभागी थिए । प्रधानमन्त्री प्रचण्डले कांग्रेसलाई थप चार मन्त्री र अन्य दललाई थप दुई मन्त्रालय दिएर सरकारलाई पूर्णता दिने तयारी गरेका छन् ।
प्रतिक्रिया 4