+
+

सुडानमा सेना र अर्धसैनिक बलबीच भीषण लडाइँ

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २ गते १९:१०

२ वैशाख, काठमाडौं । सुडानमा सेना र अर्धसैनिक बलबीच राजधानी खार्तुममा भीषण लडाइँ चलिरहेको छ ।

अर्धसैनिक बल र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ)ले राष्ट्रपति भवन, सेना प्रमुखको निवास र तीन वटा विमानस्थल नियन्त्रणमा लिएको दाबी गरेको छ ।

सेनाले भने त्यसलाई अस्वीकार गरेको छ र आफ्नो वायुसेनाले आरएसएफको शिविरहरुमा आक्रमण गरिरहेको छ । सेनाका प्रवक्ता ब्रिगेडियर जनरल नबिल अब्दुल्लाहलाई उधृत गर्दै समाचार एजेन्सी एएफपीले भनेको छ, ‘र्‍यापिड सपोर्ट फोर्सका लडाकूहरुले खार्तुम र आसपासका क्षेत्रका सैन्य शिविरमा आक्रमण गरेका छन् ।’

उनले अगाडि भनेका छन्, ‘लडाइँ जारी छ र सेनाले देशको सुरक्षाका लागि आफ्नो कर्तव्य पालना गरिरहेको छ ।’

समाचार एजेन्सी रोयटर्सले प्रत्यक्षदर्शीलाई उधृत गर्दै बताएअनुसार उत्तरी शहर मेरोवेमा पनि गोलाबारी भएको छ । अल अरबिया टिभीले पनि त्यहाँ रहेको एक सैन्य शिविरबाट धुँवा आएको तस्वीर प्रसारण गरेको छ ।

के हो विवाद ?

अक्टोबर २०२१ को बिद्रोहपछि सुडानको राज्य सञ्चालन सैनिक जनरलहरुको सार्वभौम परिषद्ले गर्दै आएको छ ।

परिषद्को प्रमुख सेनाको जनरल अब्देल फतह अल बुरहान छन् भने आरएसएफ परिषद्का उपाध्यक्ष जनरल मोहम्मद हमदान डगलोको अधीनमा छ ।

नागरिक नेतृत्वको सरकारको प्रस्तावित कार्यले आरएसएफलाई अब सेनामा समायोजन गर्ने समय तालिका बनाएको छ । सेनाले २ वर्षभित्र समायोजन गरिसक्न चाहेको छ, तर आरएसएफले यो समयलाई १० वर्षसम्म राख्न चाहेको छ ।

यही विवादका क्रममा आरएसएफले मेरोवेमा सैन्य आधार शिविर नजिकै आफ्नो फौज तैनाथ गरेको थियो ।

प्रस्तावित नागरिक सरकारमा एकीकृत सेनाको नेतृत्व कसले गर्ने भन्ने विवाद सुल्झाउन आफ्नो सेकेण्ड इन कमाण्डसँग सम्वाद गर्न आफू तयार रहेको जनरल बुरहानले बताएको बीबीसीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?