+

रियल मड्रिड विजयी

२०८० वैशाख  ३ गते ७:१६ २०८० वैशाख ३ गते ७:१६
रियल मड्रिड विजयी

३ वैशाख, काठमाडौं । स्पानिस ला लिगाका दोस्रो स्थानको रियल मड्रिडले क्याडिजलाई २-० ले पराजित गरेको छ ।

क्याडिजको मैदानमा भएको खेलमा रियलले दुवै गोल दोस्रो हाफमा चार मिनेट अन्तरमा गरेको थियो ।

७२औं मिनेटमा नाचो फर्नान्डेजले चुवामेनीको पासमा गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । त्यसपछि ७६औं मिनेटमा फेडेरिको ऐलभेर्डको पासमा मार्को असेन्सिओले गोल गरे ।

जितपछि रियलले २९ खेलबाट ६२ अंक जोडेको छ र अझै लिग लिडर बार्सिलोनाभन्दा १० अंङ्कले पछि छ । बार्सिलोनाले एक खेल कम खेलेको छ ।

रियल मड्रिड स्पानिस ला लिगा
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय