
काठमाडौं । एनएमबि बैंकले नयाँ वर्ष २०८० को अवसरमा ‘नयाँ वर्ष, नयाँ धमाका’ नारा सहित एनएमबि सजिलो क्यूआर कर्जाको सुरुवात गरेको छ ।
एनएमबि बैंकको क्यूआर प्रणालीमा आबद्ध साना, मझौला तथा घरेलु उद्यमको आकस्मिक वित्तीय आवश्यकतालाई ध्यानमा राखी २ लाख रुपैयाँसम्मको एनएमबि सजिलो क्यूआर कर्जा प्रदान गर्नेछ ।
अर्थतन्त्रमा वास्तविक रुपले विद्युतीय कर्जा प्रणालीको विस्तार गर्ने, कर्जा प्रक्रियालाई सरलीकृत गर्ने र कर्जाको लागत कम गर्ने उदेश्यका साथ क्यूआर कर्जाको सुरुवात गरेको बैंकले जनाएको छ । यस कर्जाबाट ग्राहकहरुको व्यवसायलाई आवश्यक आकस्मिक वित्तीय आवश्यक्ता पूरा गर्न मद्धत पुग्न गई व्यवसाय प्रवर्द्धनमा सहयोग पुग्नुे विश्वास बैंकले गरेको छ । साथै प्राथमिकतामा राखेको डिजिटाइजेसनको लक्ष्य प्राप्तिमा कोशेढुंगा सावित हुने विश्वास बैंकले लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4