+
+

सुनको भाउ ८०० रुपैयाँले घट्यो

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ३ गते १२:४५

३ वैशाख, काठमाडौं । २०८० सालको पहिलो कारोबार दिन आइतबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले घटेको छ ।

बिहीबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख १० हजार र तेजावी सुनको मूल्य १ लाख ९ हजार ५ सय रुपैयाँ तोकिएको छ ।

३० चैत २०७९ मा छापावाल सुनको प्रतितोला मूल्य १ लाख १० हजार ८ सय र  तेजावी सुनको मूल्य १ लाख १० हजार २५० रुपैयाँ तोकिएको थियो ।

चाँदीको कारोबार भने ३० चैत २०७९ कै मूल्यमा (प्रतितोला १ हजार ४५० रूपैयाँ) भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?