
३ वैशाख, विराटनगर । विराटनगरका सार्वजनिक स्थानमा सूर्तीजन्य पदार्थको सेवन र विक्रीमा कडाइ गरिएको छ । गत पुस २७ गते सम्पन्न ११ औं नगरसभाको निर्णय कार्यान्वयन गर्दै विराटनगर महानगरपालिकाले वैशाख १ गतेदेखि सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थको सेवन र बिक्री वितरणलाई निषेध गरेको छ ।
महानगरले माइकिङ गरेर निर्णय कार्यान्वयन गर्न आग्रह गर्दै आएको छ । महानगरको टोली पसल–पसल अनुगमनमा पनि खटिएकाे छ ।
चुरोट, गुट्खा, खैनीलगायतका सुर्तीजन्य पदार्थको सेवनले क्यान्सरलगायतका रोग लाग्नुका साथै फोहोरसमेत हुने भएकाले सार्वजनिक स्थानमा सेवन र बिक्री निषेध गरेपछि महानगरकाे टाेली कार्यान्वयनमा उत्रिएकाे सरसफाइ शाखा प्रमुख पुनम दाहालले बताए ।
मेयर नागेश कोइरालाले विराटनगरलाई सफा, व्यवस्थित र विकसित बनाउनका लागि सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थको सेवन र बिक्रीवितरणमाथि राेक लगाइएकाे बताए ।
प्रतिक्रिया 4