+
+

एनआईसी एशिया बैंकका संस्थापक अध्यक्ष अग्रवाल ‘सुप्रबल जनसेवाश्री’ विभूषणबाट सम्मानित

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ३ गते १३:४९

काठमाडौ । एनआईसी एशिया बैंकका संस्थापक अध्यक्ष जगदीशप्रसाद अग्रवाल ‘सुप्रबल जनसेवाश्री’ विभूषणबाट सम्मानित भएका छन् । बैंकका प्रमुख सल्लाहकार समेत रहेका अग्रवाललाई  १ वैशाखमा राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले सम्मानित गरेका हुन् ।

६ दशकदेखि देशको उद्योग, वाणिज्य तथा व्यापार क्षेत्रमा सक्रिय अग्रवाल एनआईसी एशिया बैंकका पूर्वअध्यक्ष हुन् । उनी हाल व्यावसायिक घराना विशाल ग्रुपका अध्यक्ष छन् ।

मैनावती स्टिल इन्डष्ट्रिज, कमला आइरन एण्ड स्टिल इन्टरनेसल प्रालि, कमला रोलिङ मिल्स प्रालि लगात उद्योग स्थापनमा उनको भूमिका महत्वपूर्ण रहेको छ । साथै बैंक, बीमा कम्पनी र अन्य वित्त कम्पनी मार्फत आम सर्वसाधारणको बैंकिङ तथा बीमा पहुँच अभिवृद्धि गर्ने कार्यमा समेत उनको योगदान रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?