+

विष्णु गैरे स्मृति टेनिसमा भण्डारी र विष्टको जोडी पहिलो 

२०८० वैशाख  ३ गते १३:४६ २०८० वैशाख ३ गते १३:४६
विष्णु गैरे स्मृति टेनिसमा भण्डारी र विष्टको जोडी पहिलो 

३ वैशाख, काठमाडौं । दोस्रो विष्णु गैरे स्मृति टेनिस टुर्नामेन्टमा राजेन्द्र सिंह भण्डारी र सुदर्शन विष्टको जोडी पहिलो भएको छ ।

मेघेन्द्र प्रकाश गिरी र युवराज थापाको जोडीलाई हराउँदै भण्डारी र विष्टको जोडी पहिलो भएको हो ।

स्व.विष्णु गैरेको सम्झनामा मण्डीकाटार टेनिस क्लबद्धारा दोस्रो विष्णु गैरे स्मृति टेनिस टुर्नामेन्ट आयोजना गरिएको हो ।

१० दिन अघिदेखि चलेको प्रतियोगिताका विजयीहरुलाई डा. भगवान कोइराला र स्व.विष्णु गैरेकी श्रीमती लक्ष्मी गैरेले पुरस्कार वितरण गरेका थिए ।

विभिन्न क्षेत्रमा योगदान युर्‍याउने हेमराज ढकाल, उत्तमकुमार लामा, राजु क्षेत्री, राजेन्द्र सिंह भण्डारी, जनक थापा, मनोज राणा, झुलेन्द्रमान शाक्य, छेतेन नोरकेल र विमल गुरुङ र मेघेन्द्र प्रकाश गिरीलाई सम्मानपत्र प्रदान गरिएको थियो ।

टेनिस
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय